पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

लोकपथ
63
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा उज्ज्वलकुमार श्रेष्ठे निर्वाचित भएका छन् ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठ महासंघको कार्यकारिणी समितिको सदस्यमा निर्वाचित भएका हुन् ।

श्रेष्ठ महासंघको ५७औं साधारण सभाबाट एसोसिएटतर्फबाट सदस्य निर्वाचित भएका हुन् ।

उनले महासंघको उद्योग प्रवर्द्धन समिति, अन्तर्राष्ट्रिय लगानी तथा प्रवद्र्धन समितिमा रहेर काम गरिसकेका छन् ।

साथै सामाजिक संस्थाहरु चाइल्डरिच नेपालका पूर्व बोर्ड अध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यापारिक संस्था वाइपिओको निर्वतमान अध्यक्ष तथा बोर्ड सदस्य लगायत संस्थामा आबद्ध रहेर काम गरिसकेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?