सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार पक्राउ परेका छन् ।
जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी का आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ९ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनलाई घुस लिइसकेको अवस्थामा मिर्चैया नगरपालिका ५ स्थित थानाचोकबाट बुधबार नियन्त्रणमा लिइएको दाहालले जानकारी दिए । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया