किसान लघुवित्तको लाभांश पारित

लोकपथ
65
Shares

काठमाडौं । किसान लघुवित्त, वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाण्डौमा सम्पन्न भएको सो सभाले प्रस्तावित सात प्रतिशत बोनश शेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि शुन्य दशमलव ३६ प्रतिशत नगद लाभांश गरेर कुल सात दशमलव ३६ प्रतिशत लाभांश पारित गरेको छ ।
बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड ४३ लाख ६६ हजार चार सय ६७ रुपैयाँ पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए ।

कम्पनीको साधारण सभाले आ.व. ०७८ ०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु, आ. व. ०७८÷०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक शेय निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनश शेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब ६४ करोड २३ लाख पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्त सँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने

गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।
धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौमा रहेको छ । हाल कम्पनीले एक सय ३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?