नयाँ वर्षको अवसरमा बिग मार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

लोकपथ
52
Shares

काठमाडौं । विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँंग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ ।

यस छुट आफर अन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामानखरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय ५० रुपैंयाँ सम्म छुट प्राप्त गर्न सक्ने छन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बिग मार्टको सम्पूर्ण शाखाहरुमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एनआई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एभरेष्ट बैंक, हिमालयन बैंक, पेवेल, रेमिट्याप, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइक्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

साथै हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम एक सय ५० रुपैंयाँ सम्म छुट साथै अफर पनि कायम नै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?