६१ वर्षीय जमनसिंहको पेटमा भेटियो रक्सीको बोत्तल

लोकपथ
195
Shares

काठमाडौं । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक बिरामीको पेटमा रक्सीको बोत्तल भेटिएको छ ।

धनगढीको फुलबारीका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा रक्सीको बोत्तल भेटिएको अस्पताल व्यसस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले पुष्टि गरे । यद्यपी त्यस विषयमा थप अनुसन्धान भइरहेको लोकपथलाई जानकारी दिए ।

‘त्यस विषयमा हामी थप अनुसन्धान गर्दैछाैँ ।’ उनले भने ।

पेट दुखेर अस्पताल आएका उनको पेटको भिडियो एक्सरे गर्दा बोत्तल भेटिएको हो ।

केही दिनअघि साथीसँग बसेर मदिरा पिएको र सोही क्रममा साथीहरुले मलद्वारबाट बोत्तल छिराइदिएको चिकित्सकहरुसँग बताएका छन् । उनको उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवकको पेटमा रक्सीको बोत्तल भेटिएको थियो । यद्यपी उनको शल्यक्रिया गरेर बोत्तल झिकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?