किन सर्यो महासंघको दोस्रो चरणको मतदान ?

लोकपथ
65
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दोस्रो चरणको मतदानको समय सारिएको छ ।

बुधबार सम्पन्न मतदानको अन्तिम नतिजा बिहीबार दिउँसो आउँदा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो ।

वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ चुनावी मैदानमा रहेका थिए । तर तीनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन सकेनन् भने प्रतिष्पर्धामा तेस्रो भएका संघाई दोस्रो चरणको प्रतिष्पर्धाबाट बाहिरिएका छन् ।

दिउँसो २ बजेका लागि मतदानको समय तोकिए पनि अञ्जन र उमेशलाई मनाएर सर्वसम्मत नेतृत्व चयन गराउने तयारी भइरहेको छ । यदी सहमति हुन नसकेमा भने अपरान्ह ४ बजे मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्ष बाहेक उपाध्यक्ष र सदस्यहरुको भने परिणाम आइसकेको छ ।

वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने महासंघको विधानमा उल्लेख छ । वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकाले अब स्वत अध्यक्ष बन्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?