काठमाडौं । बुधबार सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना जारी रहेको छ ।
कमलादीको प्रज्ञा भवनमा जारी मतगणना अनुसार हालसम्म वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना सकिएको छ ।
तीन जनाको प्रतिष्पर्धा रहेको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघईले ६१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी अन्जन श्रेष्ठले ५७३ र उमेशलाल श्रेष्ठ ४२६ मत पाएका छन् ।
वरिष्ठ उपाध्यक्षको लागि एसोसियटतर्फ कुल एक हजार ६३० मत खसेको थियो । त्यस्तै १८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना अनुसार उपाध्यक्षमा जिल्लानगर एसोसिएटतर्फ संघई प्यानलले जितेको छ । भने वस्तुगततर्फ श्रेष्ठको प्यानलले जितेको छ ।
त्यस्तै अब भने वरिष्ठ उपाध्यक्षका पदका लागि वस्तुगत र जिल्लाको मतगणना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया