‘भ्रष्टाचारको बिगो तिर्ने दायित्व परिवारको’

लोकपथ
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान्को मृत्यु भए पनि श्रीमतीबाट असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपत्रपत्र दायर गरेको छ । अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं फौजदारी कार्यविधि संहिताले प्रस्ट गरे पनि भ्रष्टाचार निवारण ऐनले मरेका व्यक्तिको हकमा सरकारी वा निजी बिगो क्षतिपूर्ति रकम भराउन सकिने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार यसरी असुल गर्न आरोपपत्र दायर गरिएको हो । नदीजन्य पदार्थको उत्खनन गर्दा राजस्वमा हानि नोक्सानी देखिएको भन्दै आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुखसँगै भवानी कन्स्ट्रक्सन प्रालिसँग बिगो रकम असुलउपरको मागदाबी गरेको गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?