काठमाडौं । सगरमाथाको हिमपहिरोमा ३ जना शेर्पा पुरिएका छन् ।
सगरमाथा आरोहणका लागि पहिला बाटो बनाउन (रुट फिक्सिङ) गर्न गएका तीन जना शेर्पा हिमपहिरोमा पुरिएका हुन् ।
पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रको खुम्बु आइसफलभन्दा माथि हिमपहिरोमा उनीहरु पुरिएका हुन् ।
उक्त घटनामा बाछिरि शेर्पा, लाक्पातेम्बी शेर्पा र लाक्पारिता शेर्पा पुरिएर बेपत्ता भएका हुन् । उनीहरुको उद्दारका लागि हेलिकोप्टर पठाइएको भए पनि समस्या भएको विभागले जनाएको छ ।
आरोही टोलीलाई सथरमाथा आरोहणका लागि सहज बनाउन शेर्पाहरुले बाटो बनाउने, डोरी टाँग्ने काम गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया