ईजरायल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने यादव प्रहरी फन्दामा

लोकपथ
7
Shares

काठमाडौं । जि टु जी सम्झौता मार्फत् ईजरायल पठाईदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गुलरिया न.पा. वडा नं. ३ खैरापुर टोल स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. २ लाजिम्पाट बस्ने वर्ष २६ को सुनिल कुमार यादव रहेका छन् ।

यादवले रिता लामा समेत २ जनालाई वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायल बीच हुने जि टु जी सम्झौता मार्फत् सरकारी कोटामा ईजरायल जानको लागि प्रतिव्यक्ति १८ लाख लाग्ने भन्दै पीडितहरुबाट ३१ लाख रुपैया ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खठिएको टोलीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?