उद्योग वाणिज्य महासंघको मतदान शुरु

लोकपथ
28
Shares

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ८ बजेबाट भनिएको मतदान दुइर्ए घण्टा ढिला गरी शुरु भएको हो ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्यको निर्वाचन हुनेछ । त्यसो त यसअघि नै ४ जना सदस्य सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिष्पर्धामा रहेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसियट र वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई प्रतिष्पर्धामा रहेका छन् । त्यसो त यसअघि नै निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकाल स्वत अध्यक्ष हुनेछन् । महासंघको विधान अनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको स्वत अध्यक्ष हुनेछन् ।

महासंघको निर्वाचनका लागि देशभरबाट १ हजार ९ सय ५३ जना उद्योगी व्यवसायीहरु मतदानमा सहभागि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?