नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन निलम्बनमा

लोकपथ
105
Shares

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन रवीन्द्र कुमार शेरचन निलम्बनमा परेका छन् । गत अप्रिल १ मा दुबई उडानका क्रममा उनले विमानचालकको उचित व्यवस्थापन गर्न नसक्दा उडान नै रद्द भएको थियो ।

सो सम्बन्धनमा अद्योहस्ताक्षरीबाट गठित उपसमितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनको आधारमा उनीमाथि थप जाँचबुझका लागि मंगलबार निलम्बन गरिएको कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

जाँचबुझ समाप्त नभएसम्मका लागि शेरचनलाई नेपाल वायुसेवा निगमको कर्मचारीहरुको सेवा सर्तसम्बन्धी विनियमावलीअनुसार निलम्बन गरिएको उयनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?