दीपायल । दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण शुुरु गरिएको छ।
जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट ६० लाख लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको छ ।
योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ ।
सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए। योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरेको छ ।
दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया