काठमाडौं । हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
आइतबार बिहानबाट सम्पर्कविहीन अवस्थामा रहेको हेलिकोप्टर दिउँसो दुर्घटनाग्रस्त अवस्थामा फेला गरेको हो ।
दुर्घटनाग्रस्त विमानमा एक जना पाइलट मात्र रहेको र उनी जिवितै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले लोकपथलाई जानकारी दिए ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पमा सामान लिएर जान लागेको हेलिकोप्टर दुर्घटनामा परेको उनले बताए ।
‘इटालियन बेसक्याम्पसबाट धौलागिरि बेसक्याम्पस जाँदा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो ।’ सिटौलाले लोकपथसँग भने, ‘सामान बोकेर जाने क्रममा दुर्घटना भएको जानकारी आएको छ । एकजना मात्र पाइटल रहेको र उहाँ सकुशल रहनुभएको छ ।’
त्यस्तै उनलाई पोखरा ल्याइसकिएको र थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया