१२ आश्विन २०८०, शुक्रवार

न्यू लालीगुँरास विद्युत सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न

२०७९,चैत्र,२५,शनिवार १९:२०

387
Shares

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित सहकारी संस्थाको शनिबारको भेलाले आर्थिक वर्ष २०७८/०७९ को कुल १० लाख ६३ हजार २८२ रुपैयाँ बराबरको आयव्यय अनुमोदन गरेको छ ।

यस्तै, साधारण सभाबाट संस्थाको रिक्त रहेको कोषाध्यक्ष, सचिव र सदस्य पदमा समेत पदपूर्ति गरिएको छ । जसको उपाध्यक्षमा मसुरा चौधरी, सचिवमा रत्ना विष्ट र सदस्यमा वीरबहादुर राना चयन भएका छन् । ३ सय ८० जना उपभोक्ता रहेको संस्थाको पुँजीगत अनुदान १४ लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने, विद्युत संरचना विस्तारमा ५ लाख १६ हजार ७ सय ७६ रुपैयाँ खर्च गरेको संस्थाका प्रवन्धक चक्रबहादुर विष्टले जानकारी दिए ।

संस्था हाल ३ लाख ८ हजार ९ सय ४१ रुपैयाँ मुनाफा रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाका अध्यक्ष लोकेन्द्र न्यौपानेको सभापतित्वमा भएको साधारणसभामा प्रमुख अतिथि वडा अध्यक्ष मनऋषि आचार्य रहेका थिए । विशिष्ट अतिथिमा कार्यपालिका सदस्य भिम विश्वकर्मा र न्यायपालिका सदस्य बसन्ती साउँद रहेकी थिइन् ।

सो अवसरमा संस्थाको आयव्यय पारदर्शी रहेको भन्दै वडा अध्यक्ष मनऋषि आचार्यले धन्यवादसमेत दिए । संस्थाको विकास र नियमित विद्युत सेवा आपूर्तिका लागि आगामी आर्थिक वर्ष २०८०/०८१ मा नयाँ ट्रान्समिटर खरिदमा लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष आत्मा प्रसाद जैशी, दानुफाँटा नमुना सामुदायिक वनका अध्यक्ष टेकराज जोशी, रानीजरुवा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालसिंह विश्वकर्मा, पञ्चकोषी कृषि सहकारीकी अध्यक्ष दीपा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी कोषाध्यक्ष जमुना नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन केके युवा क्लबका उपाध्यक्ष डम्मर जोशीले गरेका थिए ।

प्रकाशित मिति: २०७९,चैत्र,२५,शनिवार १९:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएसँगै काठमाडौं

काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि

ताजा समाचार

नेकपा एमाले बागमती प्रदेशमा मतदान शुरु
 २०८०,आश्विन,१२,शुक्रवार १२:३३
एमसीसीकी सिईओ एलिस अलब्राइट नेपाल आउँदै
 २०८०,आश्विन,१२,शुक्रवार १२:०७