जुवातास खेलिरहेका १० जना पक्राउ

लोकपथ
7
Shares

काठमाडौं । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

महाकाली नगरपालिका-४ बांगाबगर बस्ने ५० वर्षीय गणेश सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा बुढाथोकी समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ५ सय ६८ रूपैयाँ र १० थान तासका गड्डीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?