काठमाडौं । श्रीमती र छोराछोरीले हेँला गरे भन्दै आत्मदाह गर्न हिँडेका एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अघि पेट्रोल छर्किएको अवस्थामा मकवानपुरका ५३ वर्षीय पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर काकीले लोकपथलाई जानकारी दिए ।
‘उहाँको साथमा पेट्रोल पनि फेला परेको थियो,’ उनले भने, ‘अहिले उहाँ प्रहरीको साथमा हुनुहुन्छ ।’
प्रहरीले सोधपुछ गर्दा उनले श्रीमती र छोराछोरीले हेँला गरेको भन्दै कान्तिपुर, ग्यालेक्सी, योहो लगायतका टेलिभिजनसँग सहयोग माग्दासमेत नपाएको बताएको कार्कीले बताए ।
आज नै उनलाई परिवार तथा आफन्तको जिम्मा छोडिने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया