काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् ।
उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसीले जानकारी दिए ।
वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ परेपछि उनीहरुको बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।
उनीहरुले अधिकारीले आफूहरुलाई मृत्यु भएकाको व्यक्तिका बारेमा जानकारी दिएर आफन्तसम्म पुग्ने गरेको बयान दिएका थिए । अधिकारीसहित सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया