रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाई सकियो, आजै आदेश आउनसक्ने

लोकपथ
143
Shares

काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ सकिएको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध रिट परेको थियो ।

सोमबार युवराज सफलले महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी हेर्न नमिल्ने सूचीमा परेपछि आज न्यायाधिश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएर सुनुवाई भएको भएको थियो । सुनुवाई सकिएसँगै आजै आदेश आउनसक्ने बताइएको छ ।

यसअघि नै लामिछानेले अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर रविका वकिलहरुले जिकिर गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?