नक्कली ब्लुबुक बनाएर मोटरसाइकल बेच्ने गरेको खुलासा, एकजना पक्राउ

लोकपथ
91
Shares

झापा । झापामा नक्कली ब्लुबुक बनाएर चोरीको मोटरसाइकल बेचबिखन गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अर्जुन्धारा नगरपालिका वडा नम्बर ३ खुदुनाबारीबाट प्रहरीले हल्दिबारी गाउँपालिका वडा नम्बर १ बस्ने ४४ वर्षीय जगत बहादुर लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

उनले नक्कली ब्लुबुक बनाइ मोटरसाइकहरू बिक्रि बितरण गर्ने गरेको सूचनाको आधारमा अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिन पुगेको थियो ।

सो क्रममा नक्कली ब्लुबुकसहित तीन वटा मोटर साइकल तथा जगत बहादुर लिम्बु र कुमार शाक्यको नामको जग्गा खरिद बिक्रीको सम्झौता पत्र बरामद भएको प्रहरीले जनाएको छ ।

अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?