काठमाडौं । दाङमा एक नाबालिका बलात्कृत भएकी छिन् । एसईईको तयारी गर्नका लागि शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकालाई शिक्षकले बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमका अनुसार सोमबार नै नाबालिका नाबालिकाले शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै जाहेरी दिएकी हुन् ।
डीएसपी गौतमका अनुसार हाल शिक्षक खुमानन्द पौडेल फरार रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ ।
आरोपित पौडेल शिवशक्ति माविका शिक्षक हुन् । उनले छात्रावास हेर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया