सिक्किम हिमपहिरोमा परि तीन नेपालीसहित सात जनाको मृत्यु, १३ जना घाइते

लोकपथ
78
Shares

काठमाडौं । सिक्किमस्थित गंगटोक–नाथुला सडकमा मंगलबार दिउँसो हिमपहिरोमा परि तीना नेपालीसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हिमपहिरोमा परि दर्जनौँ घाइते भएका छन् ।

हिमपहिरोमा अधिकांश पर्यटक रहेको जनाइएको छ । हिमपहिरो हिजो मंगलबार दिउँसो १२ः१५ बजे गंगटोक र नाथुला जोड्ने जवहारलालनेहरु सडकमा खसेको थियो । उक्त पहिरोमा ६ वटाभन्दा बढी सवारी साधन पुरिएको आशंका गरिएको छ ।

हिमपहिरोमा परि मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल, रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको बताइएको छ । त्यस्तै, अन्य मृतकहरु भने भारतकै रहेका छन् ।

त्यस्तै अन्य घाइते तीनजना नेपाली र १० जना भारतीयलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?