काठमाडौं । पोखरामा एक व्यक्तिले आत्मदाह गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटास्थित मेलमिलाप टोलका इन्द्रप्रसाद अर्यालले आत्मदाह गरेका हुन् ।
उनले आफ्नै घरको कोठामा आत्मदाह गरेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । अर्यालले शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् ।
आत्मदाह गरेको भन्ने खबरपछि प्रहरी उनको घरमा पुग्दा उनको शव जलेको अवस्थामा भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया