काठमाडौं । चोरीको स्कुटर सहित भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजारबाट ३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने १९ वर्षीय संजिव लामा, काभ्रेपलाञ्चोककै तिमाल गाउँपालिका ७ घर भइ हाल भक्तपुरको सुर्यविनायक बस्ने २३ वर्षीय नुर्भु लामा र काभ्रेपलाञ्चोकको पाँचखाल घर भइ हाल भक्तपुरको सुडाल बस्ने २३ वर्षकै कृष्ण तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत पुस १७ गते काठमाडौंको रातोपुलबाट हराएको बा ५४ प ९३ ३९ नम्बरको स्कुटर संजिवले भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डुबजार सडकखण्डमा वास्तविक नम्बरमै चलाईरहेको पाईएपछि संजिवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाए पछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका तिनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी आज प्रहरी वृत्त गौशाला पठाइएको छ । उक्त चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल काठमाडौंको बानेश्वर बस्ने धन बहादुर राउतले काठमाडौंको रातोपुलबाट हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ईकाइबाट खटिएको ट्राफिक प्रहरी टोलीले चोरीको स्कुटर सहित तिनै जनालाई भक्तपुरको सुर्यविनायक नगरपालिका ६ पाण्डु बजारबाट नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया