काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ शुल्क महंगो भएको भन्दै ट्याक्सी चालकहरुले धर्ना दिएका छन् । मंगलबार दिनभर सयौँ ट्याक्सीलाई पार्किङ गरेर चालकहरुले शुल्क घटाउनुपर्ने मागसहित धर्ना दिएका छन् । आइएमएस एयरपोर्ट सर्भिसेज नामक कम्पनीले त्यहाँको पार्किङको व्यवस्थापन गर्दै आइरहेको छ ।
२० रुपैयाँ रहेको पार्किङ शुल्क आइएमएसले एकैपटक प्रतिघण्टा ८० पुर्याएको छ । भित्र प्रवेश गरेको ५ मिनेटसम्मको कुनै पनि शुल्क नलाग्ने भए पनि त्यसपछि भने प्रतिघण्टा ८० तिर्नुपर्ने हुन्छ ।
त्यसो त ट्याक्सीलाई मात्रै होइन सर्वसाधारणको हकमा भने बाइक स्कुटरलाई प्रतिघण्टा ४० रुपैयाँ र कारलाई प्रतिघण्टा ८० रुपैयाँ र मिनिबसको पार्किङ शुल्क प्रतिघण्टा १०० रुपैयाँ तोकिएको छ ।
हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया