लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

लोकपथ
42
Shares

झापा । झापामा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । लागूऔषध मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय बिनय भन्ने बिनम मगर र अर्जुनधारा नगरपालिका-८ बस्ने २२ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत झापाको २०७८ असोज २० गतेको फैसलाले लागूऔषध मुद्दामा दुबै जनालाई जनही ८ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?