काठमाडौं । पार्किङ शुल्क महंगो भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको धर्ना दिएका छन् ।
मंगलबार बिहानैबाट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा चालकहरुले विमानस्थलबाट हुने ट्याक्सी सेवा समेत बन्द गरेका छन् ।
सो धर्नामा रहेका एक चालकले दिएको जानकारी अनुसार अहिले डेढ सय भन्दा बढी चालकहरु धर्नामा रहेका छन् । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा शुल्क महंगो भएपछि सर्वसाधारण मारमा परेको भन्दै यथाशिघ्र शुल्क घटाउनुपर्ने माग रहेको थियो ।
‘हामी अहिले १०० भन्दा बढी ट्याक्सी चालक धर्नामा रहेका छौँ । विमानस्थल जस्तो शंवेदनशील क्षेत्रमा यसरी महंगो शुल्क लिनाले सर्वसाधारण मारमा परिरहेका छन् । हामी यथासिघ्र शुल्क घटाउनुपर्ने मागमा छाँै ।’ ती चालकले भने ।
धर्ना अहिले पनि जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया