पूर्वाञ्चल विश्वविद्यालयमा ६ हजार पाँच सय १३ विद्यार्थी दीक्षित

लोकपथ
63
Shares
मोरङ । मोरङको सुन्दरहरैँचामा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय (पियू) को ११औँ दीक्षान्त समारोहमामा विभिन्न सङ्कायमा गरी  छ  हजार पाँच सय १३ विद्यार्थी  दीक्षित भएका छन्  ।
दीक्षान्त समारोहमा  कला सङ्कायको स्नातकमा ९२ र स्नातकोत्तरमा ४३ जना सहभागी थिए ।
यसैगरी  कानुन सङ्कायको  स्नातकमा एक सय ९९ र स्नातकोत्तरमा १०७जना, शिक्षाशास्त्र सङ्कायको  स्नातकमा तीन सय ५४ र स्नातकोत्तरमा  एक सय ४८ जना , व्यवस्थापन सङ्कायको  स्नातक तहमा एक हजार दुई सय ४२ र  स्नातकोत्तरमा छ सय १४का साथै  एमफिलमा छ जनालाई उपाधि प्रदान गरियो ।
उक्त विश्वविद्यालयका अनुसार   विज्ञान तथा प्रविधि सङ्कायको स्नातकमा एक  हजार दुई सय ६१, स्नाकोत्तरमा  एक सय २३ जानालाई दीक्षित गरिएको थियो । चिकित्सा शास्त्रको स्नातकमा दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जनालाई उपाधि प्रदान गरिएको थियो ।  विसं २०५२ सालमा उक्त विश्वविद्यालय स्थापना भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?