काठमाडौं । दैलेखमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी जिपमा सवार १४ जना घाइते भएका छन् ।
सोमबार दिउँसो सुर्खेतबाट कालिकोट तर्फ जादै गरेको क १ ज ५५ नम्बरको जिप आठबिस नगरपालिका-१ डाब नजिक दुर्घटना भएको हो ।
जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइते २ जनाको अवस्था गम्भीर रहेको छ भने १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेततर्फ पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घाइतेहरुको नामावली
१) भिष्म बोगटी
२) दुर्गा बोगटी
३) प्रतिक्षा बटला
४) सरद बिष्ट
५) मनिसा बोगटी
६) गोपिकला बिष्ट
७) प्रशान्त बुढा
८) अखिल बुढा
९) राजकुमार बोगटी
१०) स्वस्तिका बोगटी
११) कल्पना सहकारी
१२) भुवन बटाला
१३) सुबास सहकारी
१४) धन बटाला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया