एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ वितरण

लोकपथ
0
Shares

भरतपुर महानगरपालिकाभित्र रहेका एक सय १४ विद्यालयलाई ‘अग्नि शमनयन्त्र’ (फायर इक्सटिङगुडसर) वितरण गरिएको छ । भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले आज एक कार्यक्रमको आयोजना गरी महानगरभित्र रहेका एक सय १० सामुदायिक र चार धार्मिक प्रकृतिका (गुरुकुलम) लाई सो यन्त्र हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रध्यानाध्यापकलाई यन्त्र हस्तान्तरण गरिन् । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले महानगरपालिकाले सुरक्षित विद्यालय अवधारणाअन्तर्गत यन्त्र वितरण गरिएको बताइन् ।
महानगरपालिकाले विद्यालयलाई प्रदान गरेको अग्नि शमनयन्त्रले एक हजार डिग्री तापक्रमसम्म काम गर्न सक्ने क्षमता छ । एक सय १४ विद्यालयललाई वितरण गरिएको ती सामग्री रु आठ लाख १८ हजार बराबरका हुन् । एउटा विद्यालयलाई एउटा यन्त्र वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?