काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य परीक्षणस्थलको अवलोकन गरेका छन् ।
केहीबेरअघि मिटरब्याज पीडितहरुको स्वास्थ्य परीक्षणस्थल अनामनगर पुगेर गृहमन्त्री श्रेष्ठले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री श्रेष्ठले सो कुरा जानकारी गराएका हुन् ।

‘मिटरब्याज पिडित आन्दोलनकारीहरुको स्वास्थ्य परिक्षण भइरहेको स्थल अनामनगर पुगेर उहाँहरुको स्वास्थ्य अबस्थाबारे जानकारी लिइएका छौं ।’ उनले भनेका छन् ।
त्यस्तै उनीहरुको औषधी उपचारमा केही कमी हुन नदिन चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।
‘उहाँहरुको औषधी उपचारमा केहि कमि नगर्न चिकित्सक एवंम् स्वास्थ्यकर्मीहरुलाइ निर्देशन पनि दिएको छौं ।’ उनले भने ।
यसअघि शनिबार गृहमन्त्री श्रेष्ठले पीडितहरुको स्वास्थ्य उपचारमा कमी हुन नदिन निर्देशन दिएका थिए ।

गत चैत १३ गते महोत्तरीको बर्दिबासबाट हिँडेर काठमाडौं आइ पीडितहरुले आन्दोलन थालेका थिए । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुसँग भेटी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया