ट्राफिक प्रहरीको चेकिङ : लागुऔषध सेवन गरी सवारी चलाउने ४ जना चालक नियन्त्रणमा

लोकपथ
63
Shares

काठमाडौं । प्रहरीले लागुऔषध सेवन गरी सवारी साधन चलाउने ४ जना चालकहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कोटेश्‍वर क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा ४ जना चालकहरूलाई नियन्त्रणमा लिइएको हो ।

बा ५ ख ८४५५ नम्बरको टिपर चालक दोलखाको मेलुङ गाउँपालिका ३ का २४ वर्षीय कुमार कार्की, बा ४ ख ७३४७ नम्बरको टिपरका चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका ४ का ३३ वर्षीय विजय तामाङ, बा १ ज ८९६१ नम्बरको ट्याक्सीका चालक सिन्धुलीको कमलामाई नगरपालिका ६ का २३ वर्षीय इन्द्र बहादुर बस्नेत र बागमती प्रदेश-०३-००१ ख १००४ नम्बरको लहरीका चालक नुवाकोटको विदुर नगरपालिका ४ का २६ वर्षीय अर्जुन लामालाई लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बानेश्‍वर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?