२६ जेष्ठ २०८०, शुक्रवार

सवारी दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते

२०७९,चैत्र,१८,शनिवार १०:३९

99
Shares

पाँचथर । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए रातिे प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मी घाइते भएका थिए । घाइतेमध्ये रश्मीलाई उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा कारमा सवार राजुका १३ वर्षीय छोरा राजमोहन भने सकुशल छन् । दुर्घटनाको कारण पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७९,चैत्र,१८,शनिवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दाङ । दाङमा  गर्मी बढेपछि यहाँका विद्यालय बन्द गरिएका छन् । जिल्लाका विभिन्न स्थानीय तहले गर्मी अत्यधिक बढेपछि विद्यालय बन्द

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई

बलेवा । जनताधन माविमा कक्षा १० मा अध्ययनरत नीरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने, “दक्षिण एसियाकै

भोजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी

ताजा समाचार