दिनानुदिन बढ्न थाल्यो कोरोना, कस्तो छ पछिल्लो तथ्यांक ?

लोकपथ
143
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर १ हजार ७९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै सक्रिय संक्रमितको संख्या १६३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?