दुई डीआईजीको सरुवा, को कहाँ ?

लोकपथ
286
Shares

काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

शुक्रबार गृह मन्त्रालयले दुई डीआईजीको सरुवा गरेको हो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत रहेका उमेशराज जोशी लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा सरुवा भएका छन् ।

त्यस्तै साइबर ब्युरोमा कार्यरत किरण राणा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा सरुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?