नुवाकोटमा सुमो दुर्घटना, २ जनाको मृत्यु

लोकपथ
3.6k
Shares

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दुप्चेश्वरको बेतिनी भन्ने ठाउँमा सुमो दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष शंकर थापाले लोकपथलाई जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरुको उद्धार भइरहेको छ । सुमोमा कतिजना सवार रहेका थिए भन्ने विवरण आइसकेको छैन ।

‘दिउँसो सुमो दुर्घटना भएको हो । दुइजनाको घटनास्थलमै मृत्यु भएको र बाँकीको उद्धारको काम भइरहेको ।’ उनले लोकपथसँग भने, ‘हामी घटनास्थल पुग्दैछौँ । सुमोमा कतिजना सवार रहेका थिए भन्ने खुलेको छैन ।’

उक्त सुमो नुवाकोटबाट काठमाडौंका लागि हिँडेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?