तनहुँमा ४४ वर्षीया महिला बलात्कृत

लोकपथ
91
Shares

काठमाडौं । तनहुँमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घिरीङ गाउँपालिका-५ धेनु घर भई देवघाट गाउँपालिका-५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पुरनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय देवघाट र ईलाका प्रहरी
कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?