नेपालमा पनि मनाइयो ‘युनिभर्सल एसप्टेन्स डे’

लोकपथ
49
Shares

काठमाडौं । हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासघ) र युथ आईजीएफ नेपालको संयुक्त आयोजनामा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै मनाइएको हो ।

उक्त कार्यक्रममा इन्टरनेट एक्सचेन्ज नेपालको सहयोग रहेको थियो भने इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको थियो । धेरै भाषा तथा लिपीमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एसप्टेन्स डे मनाउने गरिन्छ ।

सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डेः प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल (Celebrating Universal Acceptance Day: Promoting Universal Acceptance and Internationalized Domain Name in Nepal)  शीर्षकमा गरिएको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारीहरू, इन्टरनेट सेवाप्रदायक, कानून व्यवसायी, नागरिक समाज, इन्टरनेट गभर्नेन्स, क्यान महासंघका संस्थागत, वस्तुगत, व्यक्तिगत तथा प्रदेश–जिल्लाका सदस्यज्यूहरुको पनि उपस्थिति तथा आईसीटी क्षेत्रमा अन्य क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्ने वक्ताहरूले सबै वैध डोमेन नेम तथा ईमेल एड्रेस सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन यो दिवसले महत्त्वपूर्ण भूमिका खेलेको भनाइ राखेका थिए ।

इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) ले देवनागरीसहित विभिन्न विदेशी भाषामा ईमेल गर्न तथा वेबसाइट अपलोड गर्न दिने स्वीकृति प्रदान गरेकाले यस्तो दिवस महत्त्वपूर्ण रहेको क्यान महासंघका अध्यक्ष रञ्जीत पोदारले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?