काठमाडौँ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानाराय श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । बुधबार बसेको बैठकले श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरेको हो ।
यस्तै बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा प्राडा नरविक्रम थापालाई नियुक्त गरेको छ ।
बैठकले बैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेश सरकार मातहतका सबै कार्यालयहरूमा अनिवार्य विद्युतीय हाजिरी सेवा लागुगर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए ।
साथै, बैठकले माझी समुदायको लदी पर्व र चेपाङ समुदायको न्वागी पर्व भाद्र २२ गते सम्बन्धित समुदायलाई सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया