काठमाडौं । काठमाडौंको मनमैजु स्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन् ।
अख्तियार स्रोतका अनुसार आरोपीहरुको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको छ । कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया