विराटनगरको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीद्वारा १७ राउण्ड हवाई फायर, २० जना घाइते

लोकपथ
84
Shares

विराटनगर । विराटनगरमा भएको प्रदर्शनले उग्र रुप लिँदा २० जना भन्दा बढी घाइते भएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरको रोडशेष चोकमा झडप भएको हो ।

डीएसपी विजय श्रेष्ठसहित १५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले जानकारी दिए । अवस्था नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको र १७ सेल अश्रुग्यास प्रहार गरेको डीएसपी दाहालले बताए ।

‘हाल अवस्था सामान्य भइसकेको छ । प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ र डीएसपीसहित १५ जना प्रहरी घाइते भएका छन् ।’ डीएसपी दाहालले लोकपथसँग भने ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेको नाम कोशी प्रदेश राखेको थियो । प्रदर्शनकै क्रममा ५ चैतमा घाइते भएका पदम लिम्बुको १० चैतमा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?