४७ वर्षीया महिलालाई बलात्कार गर्ने पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । धादिङमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गजुरी गाउँपालिका-२ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?