काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर बढेको देखिन्छ । पछिल्लो ४८ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो ४८ घण्टामा गरिएको १४ सय २९ नमुना परीक्षणमा थप २४ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा थप ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया