काठमाडौं । केही दिन अघि आकाशमा चन्द्रमा र शुक्रको दुर्लभ दृश्य देखिएको थियो जसले निकै चर्चा पाएको थियो । उक्त समयमा शुक्र चन्द्रमाको एकदमै नजिक चम्किरहेको थियो।
यो दृष्यपछि आज अर्थात् मार्च २८, २०२३, मंगलबार राति ५ वटा ग्रह एक पङ्क्तिमा एकसाथ देखिने छन् । जसमध्ये ४ वटा ग्रहलाई नाङ्गो आँखाले देख्न सकिनेछ ।

के भन्छन् नासाका वैज्ञानिक ?
नासाका एस्ट्रोफिजिसिस्ट बिल कुकका अनुसार मार्च २८ मा बृहस्पति, बुध, शुक्र, मंगल र युरेनस रातको समयमा आकाशमा सँगै देखिनेछन्। यो आकाशीय दृश्य संसारका धेरै ठाँउबाट देख्न सकिन्छ । यी ग्रहहरू लगभग ५० डिग्रीको सीमित स्थानमा देखिनेछ।

नासाका वैज्ञानिक बिल कुकका अनुसार मार्च २८ मा लगातार ५ वटा ग्रह एकसाथ देख्नु निकै रोचक छ । जसमा गुरु शुक्र र मंगल ग्रहको चमकका कारण टेलिस्कोपको सहायता बिना नै आकाशमा ग्रहहरुलाई देख्न सकिन्छ। शुक्र आकाशमा चम्किरहेको देख्न सकिन्छ भने मंगल ग्रह चन्द्रमाको नजिकै रातो रंगमा देख्न सकिन्छ। बुध र युरेनस ग्रहहरू देखिने छैनन्। आकाश धुलो देखिनेछ, जसलाई दूरबीनको सहायताले देख्न सकिन्छ। युरेनस ग्रह भने देखिने छैन।
जब केहि ग्रहहरू एक समयमा एक सीधा रेखामा देखा पर्दछ, त्यसलाई खगोल विज्ञानमा यसलाई प्लानेटरी अलाइनमेन्ट भनिन्छ । यसअघि पनि यस्ता खगोलीय घटना धेरै पटक देखिएका थिए । पछिल्लो पटक यस्तो संयोग जुन २०२२ मा देखिएको थियो जब बुध, शुक्र, मंगल, बृहस्पति र युरेनस आकाशमा सँगै देखा परेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया