एतिहासिक महत्व बोकेको निरन्जना भगवती मन्दिरको शिलान्यास

लोकपथ
2.6k
Shares

नुवाकोट । एतिहासिक महत्व बोकेको जिल्लाको बेलकोटगढीमा निरन्जना भगवती मन्दिरको शिलान्यास गरिएको छ ।

सोमबार धार्मिक विधि अनुसार वडाध्यक्ष प्रल्हाद थपलियाले उक्त मन्दिरको जग शुभारम्भ गरेका हुन् ।

करिब १ करोड १० लाखको लागतमा उक्त मन्दिर बनाउन लागिएकाे वडाध्यक्ष थपलियाले जानकारी दिए । बेलकोटगढी नगरपालिका र वडा नं १० को पहलमा उक्त मन्दिर बनाउन लागिएको हो ।

यसअघि पनि सो स्थानमा मन्दिर रहेको थियो । तर २०७२ को गोरखा भूकम्पपछि जीर्ण अवस्थामा रहेको उक्त मन्दिरको पुननिर्माण हुन सकेको थिएन ।

एतिहासिक महत्व बोकेको र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकाले उक्त मन्दिरलाई चासोका साथ निर्माण गर्न लागिएको उनले बताए ।

सो स्थानमा वडाको पहलमा दैनिक भजन किर्तन समेत गर्न थालिएको छ ।
‘फागुन २८ गतेबाट वृद्धावृद्ध र युवाहरुलाई समेत मनोरञ्जन दिन साथै कलाको संरक्षण गर्नका लागि हामीले भजनकिर्तन थालेका छौँ ।’ उनले भने ।

पृथ्वीनारायण शाहले एक रात सो ठाँउमा बसेको र एकै रातमा सो स्थानमा गढी स्थापना गरेको किंवदन्ती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?