थारु आयोगको वार्षिक प्रतिवेदन पेस

लोकपथ
104
Shares

काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा समक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । थारु आयोगका अध्यक्ष विष्णु चौधरीले एक कार्यक्रबीच प्रदेश प्रमुख शर्मा समक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

नेपालको सविधानको धारा २४९ को उपधारा (३) बमोजिम आयोगले आर्थिक वर्ष २०७८/७८ मा सम्पादन गरेका काम कारबाही समेटेर तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले थारु आयोगले गरेका कामको सरहाना गर्दै आगामी दिनमा आयोगमार्फत थारु समुदायको उत्थानका लागि गरिने कार्यमा आफनो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सो प्रतिवेदनमा थारु समुदायको समस्या, उत्थान तथा भोग्नु परेका, देखिएका चुनौतीलगायत सम्पादन गरेका काम कारबाहीका विषय समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?