१४ जेष्ठ २०८०, आईतवार

मिटरब्याज पीडितलाई पस्न नदिन महानगरले खुलामञ्चमा लगायो ताल्चा

२०७९,चैत्र,१३,सोमवार १६:३७

243
Shares

काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरुलाई काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिने भएको छ ।

महोत्तरीबाट आइतबार काठमाडौंको मातातीर्थमा आइपुगेका थिए । उनीहरुले खुलामञ्चमा आएर बस्ने र प्रदर्शन गर्ने तयारी गरेसँगै महानगरले ताल्चा लगाएर सुरक्षा दिएको छ ।

यता महानगरका प्रहरी प्रमुख राजु पाण्डे भने उनीहरुलाई पशुपतिको धर्मशाला खाली रहेको भन्दै त्यहाँ आउन नदिने बताउँछन् । सुरक्षाका लागि खुलामञ्चमा ताल्चा लगाउने गरेको बताउँदै उनले उनीहरुले कुनै पनि अनुमति नलिएको कारण त्यहाँ बस्न नदिने लोकपथलाई बताए ।

‘सुरक्षाको दृष्ट्रिकोणले खुलामञ्चमा सधैँ ताल्चा लगाइन्छ । उनीहरुलाई बस्नका लागि पशुपतिको धर्मशालामा बस्ने व्यवस्था छ ।’ पाण्डेले लोकपथसँग भने, ‘कुनै पनि अनुमति नलिएको कारण यहाँ बस्न र पस्न पाइँदैन ।’

लामो समय आन्दोलन गरेको मिटरब्याज पीडितहरु ११ दिन हिँडेर महोत्तरीबाट काठमाडौं आइपुगेका छन् । सरकारलाई त्यसबारेमा ध्यानाकर्षण गराउने भन्दै उनीहरु काठमाडौं आएका हुन् ।

प्रकाशित मिति: २०७९,चैत्र,१३,सोमवार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९