बित्थडचिर गाउँपालिकाले शुरु गर्यो माटो परीक्षण अभियान

लोकपथ
140
Shares

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाले ९ ओटै वडा भित्रको माटो परीक्षण शुरु गरेको छ ।

गाउँपालिकाले माटोको उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि माटो परीक्षण अभियान सञ्चालन गरेको हो ।

माटो परीक्षण गरेर माटो सुहाउँदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्ने योजना अनुसार गाउँपालिकाले माटो परीक्षण सुरू गरेको हो ९ वटै वडाका किसानबाट माटोको नमुना संकलन गरिएको गाउँपालिकाका प्रवक्ता हरिश्चन्द्र जानकारी दिए ।

‘गाउँपालिकाले केही समय पहिलेदेखि कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न वडामा विविध कार्यक्रम गर्दै आएको छ, अहिले माटोको उत्पादन क्षमता कम हुँदै गएपछि माटो परीक्षण गरेर सोही अनुसारको सुहाउँदो खेती गर्न प्रेरित गर्ने गरी गाउँपालिकाले परीक्षणको अभियान चलाएको हो ।’ प्रवक्ता जोशीले भने ।

No description available.

त्यस्तै माटो परीक्षणको नतिजा अनुसार कृषकलाई मल प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधिबारे जानकारी गराउने र निःशुल्क रूपमा कृषि चुन वितरण गर्ने गाउँपालिकाको योजना रहेको छ ।

दिगो कृषि उत्पादनका लागि गाउँपालिका क्षेत्रभित्रको माटोको पहिचान गरी माटोको गुणस्तरअनुसार खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको प्रवक्ता जोशीले बताए ।

गाउँपालिकाका सबै वडाको विभिन्न स्थानबाट नमुनाका रूपमा करिब २०० कृषकको माटो परीक्षण गरिनेछ । व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?