नेपालमा पछिल्ला दिनमा बढ्न थाल्यो कोरोना संक्रमण, कस्तो छ पछिल्लो तथ्यांक ?

लोकपथ
117
Shares

काठमाडौं । पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या केही बढेको पाइएको छ ।

शुन्यमा झरेको अवस्थामा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ सय २१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म नेपालमा १० लाख १ हजार २ सय २३ जनामा पीसीआर र १ लाख ५२ हजार २ सय ३३ जनामा एन्टीजेन पुष्टि भएको छ ।
त्यसो त हालसम्म ९ लाख ८९ हजार १ सय ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै हालसम्म कोरोना संक्रमणको कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भने कोरोनाको कारण कसैको पनि दुखद निधन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?