आईजीपी सिंहसहितका ९ प्रहरी अधिकृतको कार्यकाल सकियो

लोकपथ
143
Shares

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहितका नौ जना प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा गएका छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्षक भएर सेवा दिए ।

उनका ब्याचीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा गएका छन् ।

गएराति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिने भएपनि मन्त्रिपरिषद् बैठकले शनिबारदेखि लागू हुने गरी प्रहरी महानिरीक्षकमा एआइजी वसन्तबहादुर कुँवरलाई बढुवा गर्ने निर्णय शुक्रबार नै गरिसकेको छ। उनीहरुसँगै तीन डिआइजी र दुई एसएसपीले पनि अनिवार्य अवकाश लिँदै लिउका छन् ।

प्रहरी प्रधान कार्यालयअनुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरु नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसएसपी)द्वय उमाशङ्कर पञ्जियार र जनकराज पाण्डे पनि अनिवार्य अवकाशमा गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?